सप्तरी । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।
कञ्चनरुपस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।
उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।
सम्बन्धित समाचारहरु:
यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
त्रिशुली बस दुर्घटनाः मृतकको संख्या १५ पुग्यो, ४७ जना अझै बेपत्ता
उद्योगमा काटिएका बिजुलीका लाइन आजै जोड्ने निर्णय
गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा
पाठ्यपुस्तक सदरमुकाममा थन्किएपछि पठनपाठन प्रभावित
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts