काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा मंगलबार हेर्दाहेर्दैमा परेको छ ।
पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले वादी प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेको हो । पेसीले बुधबार निरन्तरता पाउने उच्च अदालतले जनाएको छ ।
बलात्कार मुद्दामा सजाय तोकिएका लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याएर आफूले सफाइ पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदनका लागि गएका थिए ।
काठमाडौं अदालतले बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष कैद, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो । यसैबीच लामिछानेको मुद्दामाथि बहस हुँदै गर्दा उनका समर्थकहरु अदालत परिसर पुगेका थिए । उनीहरुले लामिछानेको मुद्धाको छिटो टुङ्गो लगाउन माग गरेका थिए ।
सम्बन्धित समाचारहरु:
महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुग्यो
नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश
देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनीत
पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्नसक्छः गृहमन्त्री लेखक
पार्टी विभाजनसम्बन्धी हल्ला भ्रामक : नेकपा एस
रास्वपाद्धारा आज सोमबार पनि प्रदर्शन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts