लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्गभूमि रङ्गशालामा उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर देशका प्रतिष्ठित १२ फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई पाँच लाख ५० हजार पाँच सय ५५, गोल्डकप र पदक, दोस्रो स्थान हासिल गर्नेलाई तीन लाख ५० हजार तीन सय ५५ सहित पदक प्रदान गरिने भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद १० हजारसहित पदक प्रदान गरिने छ । छ दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत नकआउट आधारमा खेल हुनेछन् । प्रतियोगिता सञ्चालन गर्न ३१ लाख ८० हजार लाग्ने अनुमान गरिएको अध्यक्ष घलेले बताए ।
सम्बन्धित समाचारहरु:
मोरङ फुटबल एसोसिएसन बुढासुब्बा गोल्डकपकाे फाइनलमा प्रवेश
प्रिमियर लिगको उपाधि नजिक म्यानचेस्टर सिटी
जिम्बावे ’ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा नेपालले सहज जित निकालेको ...
नेपालले टस जितेर ब्याटिङ गर्दै
आयरल्यान्ड ‘ए’ले टी–२० क्रिकेटको पहिलो खेलमा नेपाललाई १२२ रनको लक्ष्य
यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
