काठमाडौा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफुले कसैलाई आरोप वा धम्की नदिएको बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले संसदमा बोल्ने क्रममा आफुले सहकारीमा आफुजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टिकरण गरे । छापामा आएकै भरमा आफुमाथि छानविन गर्ने हो भने अरुमाथि पनि छानविन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरिबन्दु प्रकरणमा छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्न आफु तयार रहेको बताए ।
उनले सहकारी प्रकरणमा समिति बनाउनका लागि कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको जिकिर गरे । सहकारी पिडितलाई न्याय दिने गरि सरकारले काम गर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचारहरु:
माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन लियो फिर्ता
अध्यक्ष माधवकुमार नेपाल- केहि दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्यो
पार्टी विभाजनसम्बन्धी हल्ला भ्रामक : नेकपा एस
अध्यक्ष नेपालले भने : गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ
मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै
प्रधानमन्त्री ओलीले भनेः संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts