काठमाडौा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफुले कसैलाई आरोप वा धम्की नदिएको बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले संसदमा बोल्ने क्रममा आफुले सहकारीमा आफुजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टिकरण गरे । छापामा आएकै भरमा आफुमाथि छानविन गर्ने हो भने अरुमाथि पनि छानविन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरिबन्दु प्रकरणमा छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्न आफु तयार रहेको बताए ।
उनले सहकारी प्रकरणमा समिति बनाउनका लागि कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको जिकिर गरे । सहकारी पिडितलाई न्याय दिने गरि सरकारले काम गर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचारहरु:
टोपबहादुर रायमाझीलाई आज अदालत लगिने
मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ
मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
‘विदेशमा रहेकाहरुको मताधिकार सुनिश्चितताका लागि आयोग गम्भीर छ’
खानेपानी मन्त्री प्रदीप यादव र एडिबीका देशीय निर्देशकबीच शिष्टाचार भेट
नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
