काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख २२ गतेदेखि ललितपुरमा एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुने भएको छ ।
एन्फाले बिहीबार ललितपुरमा पत्रकार स्म्मेलन गर्दै बैंशाख २२ देखि जेठ ५ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा अन्तर कलेज फुटसल च्याम्पियनसिप हुने जानकारी गराएको हो । प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख तथा मोस्ट भ्यालुएबल प्लेअरलाई रु ५० हजार प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार प्राप्त गर्ने उनले बताए प्रतियोगीताका लागि कुल १६ वटा कलेजले सहभागीता जनाउनका लागि टिम दर्ता गराएको भन्दै प्रवक्ता शाहले लिग कम नकआउट आधारमा खेलहरु खेलाइने बताए
प्रतियोगिताको बजेट कुल ३० लाख रहेको एन्फाले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो
एसिया कपमा पुग्न नेपाललाई युएईको सामान्य लक्ष्य
स्काउट समय सापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ
आज घर फर्कंदै नेपाली टोली
साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारतबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदै
अध्यक्ष दाहालद्वारा जापान जाने खेलाडीको बिदाइ
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
