एजेन्सी । राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरूका कागजात नभएका जीवनसाथीका लागि स्थायी बसोबासको स्थिति प्राप्त गर्नका लागि प्रक्रियालाई सहज बनाउने नयाँ नियम सार्वजनिक गर्ने ह्वाइट हाउसले जनाएको छ ।
नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि अमेरिकीहरूका लागि महत्त्वपूर्ण मुद्दाका रूपमा रहेको आप्रवासनमा बाइडेन प्रशासनले झिनो अन्तरबाट हिँड्ने प्रयास गरिरहेको छ । डेमोक्रेटहरू अवैध आप्रवासीहरूमाथि कठोर हुने प्रयास गरिरहेका छन् । साथै उनीहरूले स्वयंलाई ट्रम्पको कठोर नीतिहरूबाट भिन्न रहेको पनि बताइरहेका छन् ।
एउटा कार्यकारी आदेशमा बाइडेनको कार्यलाई रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पका समर्थकहरूले तत्काल निन्दा गरेका छन् । नयाँ नियमले स्थायी बसोबासका लागि योग्यता विस्तार नगरी पहिलेदेखि नै योग्यता भएकाहरूका लागि प्रक्रियालाई सुव्यवस्थित गर्नेछ ।
कम्तीमा १० वर्ष मुलुकमा उपस्थित भएका र सन् २०२४ जुन १७ भन्दाअघि अमेरिकी नागरिकसँग विवाह गरिसकेकाहरूका लागि नयाँ नियम लागू हुनेछ । प्रशासनले यसमा करिब पाँच लाख मानिसलाई समावेश गर्ने अनुमान गरेको छ ।
यसबाहेक अमेरिकी नागरिकहरूका करिब ५० हजार सौतेनी सन्तानहरू योग्य हुनेछन् । स्वीकृत मानिसको स्थायी बसोबासका लागि आवेदन गर्ने समयमा अमेरिकामा तीन वर्षसम्म बस्ने र कामको अधिकार दिइनेछ । एक पटक कसैसँग स्थायी बसोबास (ग्रिनकार्ड) भयो भने उसले सैद्धान्तिकरूपमा पछि नागरिकताका लागि आवदेन दिन सक्नेछ ।
सम्बन्धित समाचारहरु:
इजरायली सेनाकाे कारबाहीमा गाजाबाट छ जना बन्धकको शव बरामद
इजरायलमा नयाँ चुनाव र बन्धकलाई फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन
अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको विस्फोटमा १० जनाको मृत्यु ,४० जना घाइते
पाकिस्तान र इरानबाट दुई हजार बढी अफगान आप्रवासी निर्वासित
गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा
छोराछोरिलाई बिष खुवाएर आत्महत्या
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
