एजेन्सी । राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरूका कागजात नभएका जीवनसाथीका लागि स्थायी बसोबासको स्थिति प्राप्त गर्नका लागि प्रक्रियालाई सहज बनाउने नयाँ नियम सार्वजनिक गर्ने ह्वाइट हाउसले जनाएको छ ।
नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि अमेरिकीहरूका लागि महत्त्वपूर्ण मुद्दाका रूपमा रहेको आप्रवासनमा बाइडेन प्रशासनले झिनो अन्तरबाट हिँड्ने प्रयास गरिरहेको छ । डेमोक्रेटहरू अवैध आप्रवासीहरूमाथि कठोर हुने प्रयास गरिरहेका छन् । साथै उनीहरूले स्वयंलाई ट्रम्पको कठोर नीतिहरूबाट भिन्न रहेको पनि बताइरहेका छन् ।
एउटा कार्यकारी आदेशमा बाइडेनको कार्यलाई रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पका समर्थकहरूले तत्काल निन्दा गरेका छन् । नयाँ नियमले स्थायी बसोबासका लागि योग्यता विस्तार नगरी पहिलेदेखि नै योग्यता भएकाहरूका लागि प्रक्रियालाई सुव्यवस्थित गर्नेछ ।
कम्तीमा १० वर्ष मुलुकमा उपस्थित भएका र सन् २०२४ जुन १७ भन्दाअघि अमेरिकी नागरिकसँग विवाह गरिसकेकाहरूका लागि नयाँ नियम लागू हुनेछ । प्रशासनले यसमा करिब पाँच लाख मानिसलाई समावेश गर्ने अनुमान गरेको छ ।
यसबाहेक अमेरिकी नागरिकहरूका करिब ५० हजार सौतेनी सन्तानहरू योग्य हुनेछन् । स्वीकृत मानिसको स्थायी बसोबासका लागि आवेदन गर्ने समयमा अमेरिकामा तीन वर्षसम्म बस्ने र कामको अधिकार दिइनेछ । एक पटक कसैसँग स्थायी बसोबास (ग्रिनकार्ड) भयो भने उसले सैद्धान्तिकरूपमा पछि नागरिकताका लागि आवदेन दिन सक्नेछ ।
सम्बन्धित समाचारहरु:
म्यान्मास्थित चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार
हाइटीमा ट्याङ्कर विस्फोट, २४ जनाको मृत्यु
ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प
गाजाको ८४ प्रतिशत भूभागमा इजरायलद्वारा बस्ती खाली गर्ने आदेश
इरानको तेल संरचनामा इजरायलले आक्रमण नगरेपछि तेलको मूल्यमा गिरावट
अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts