काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन वर्तमान सरकार सफल भएको बताएका छन् ।
सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत भई प्रमाणीकरणसमेत भएको बताए ।
“शान्ति प्रक्रियालाई पूर्णता दिन आयोग गठनका लागि सिफारिस समिति बनेको छ, त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ”, प्रधानमन्त्री ओलीले भने , “लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो सुखद सन्देश हो ।”
प्रधानमन्त्री ओलीले यस अवधिमा विभिन्न मन्त्रालयसँग सम्बन्धित चार दर्जनभन्दा बढी ऐन, नियम, र कार्यविधिमा सहमति भएको बताए ।
सम्बन्धित समाचारहरु:
प्रतिनिधि सभाको बैठक स्थगित
सिर्जना सिंहद्वारा महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक
तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी
संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति
कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts