काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । बिहीबार प्रतिताेला २०० ले घटेकाे सुन शुक्रबार भने १ हजार ४०० ले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३७ हजार २०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीकाे मूल्य भने आज २० रुपैंयाँले बढेर एक हजार ६७५ रूपैंयाँमा कारोबार भइरहेको छ ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts