लमजुङ । यहाँको मध्य-मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बैसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो ।
हिउँदयाममा मस्र्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो । पुनः तीन दिन अघिदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत उत्पादन केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए ।
उनका अनुसार गत मङ्सिरदेखि विद्यूत उत्पादन घटेर फागुनमा २४ मेगावाट मात्र उत्पादन भएको थियो । चैत लागेपछि विस्तारै उत्पादन वृद्धि भइ ४०/४५ मेगावाट पुगेको थियो । एक हप्ता अघिदेखि ६० मेगावाट हुँदै हाल पूर्ण क्षमतामा उत्पादन भएको हो । यस जलविद्युत् आयोजनामा ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन छन् । यो आयोजना सन् २००० मा निर्माण सुरु भई २००८ मा सम्पन्न भएको थियो ।
रु २७ अर्ब २० करोडको लागतमा निर्मित आयोजना जिल्लाकै पहिलो विद्युत आयोजनासमेत हो । जिल्लाभित्रै उत्पादन थालेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २५, १२ दशमलव १ र पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनालेसमेत विद्युत उत्पादन गरिरहेका छन् ।
जिल्लामा बर्सेनि मस्र्याङ्दी नदी, दोर्दी, किसेदी, मिदिम खोलालगायतका खोलामा पानीको बहाव कम हुँदा उत्पादन घट्ने र पानी पर्याप्त भएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन हुने गरेको छ ।
सम्बन्धित समाचारहरु:
राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु
जेठमा सुरु हुने भयो तेस्रो संस्करणको नेपाल बास्केटबल लिग
काठमाडौंका अव्यवस्थित तारको व्यवस्थापन आजदेखि
प्रतिताेला सात सय रुपैयाँले बढ्यो सुनको मूल्य
अध्यक्ष नेपालले भने : संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ
भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सकाे जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
