कालीकोट । आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ ।
कर्णाली करिडोर अन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । “लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ”, उनले भने। कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमितरुपमा चल्न नसकेको उनले बताए ।
यसैगरी कर्णाली करिडोर अन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।