चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार ती मध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।
यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो ।
कार्यालयका इञ्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताए । हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ ।
सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ । सोही सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार गरेको छ ।
सम्बन्धित समाचारहरु:
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक छैन -अध्यक्ष केप...
फर्किए नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी
गीतकार तिमल्सिनाको शब्द रचनामा “तिम्रै परिधिमा म बाँचेको छु” बजारमा (भिडियोसहित)
भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज देशैभरी प्रदर्शन गर्ने
नेपाली कांग्रेसद्वारा स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक
महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रकरणमा १०९ जनामाथि विशेष मुद्धा दर्ता
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts