सियोल । दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत ल्याएको छ । दक्षिण कोरियाको विपक्षी दल उदारवादीले संसदमा आफ्नो नियन्त्रण कायम राख्नका लागि आम चुनावमा बहुमत हासिल गरेको हो ।
राष्ट्रिय सभामा डेमोक्रेटिक पार्टी र साना विपक्षी दलहरूले संयुक्तरूपमा ३०० सिटमध्ये १९२ सिटमा जित हासिल गरेका छन् । यो मतदानलाई राष्ट्रपति युन सुक येओलको कार्यकालमा तीन वर्ष बाँकी रहेकोमा मध्यावधि जनमत संग्रहको रूपमा हेरिएको थियो ।
निर्वाचन परिणामपछि प्रधानमन्त्री हान डुक सू र पार्टी नेता हान डोङ हुनलगायत उनका केही वरिष्ठ नेताले पदवाट राजीनामा दिएका छन् ।
युन र उनको पीपुल पावर पार्टीको लागि एक ठूलो हार हो, जुन डिपिकेको प्रभुत्व भएको विधायिकामा आफ्नो एजेन्डा हासिल गर्न संघर्ष गरिरहेको छ ।एजेन्सी
सम्बन्धित समाचारहरु:
इजरायलले विद्यालयमा गरेकाे आक्रमणमा राष्ट्र संघका कर्मचारीसहित १८ जनाको मृत्यु
ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प
विश्वव्यापी अर्थतन्त्रको लागि सबैभन्दा ठूलो जोखिम कोहीले पनि किन कुरा गरिरहेको छ...
गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित
सेन्झाउ–१७ अभियानको १८७ औ दिनपछि बेइजिङमा अवतरण
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
