काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय १५ निर्धारण भएको छ ।
सम्बन्धित समाचारहरु:
अर्थतन्त्रमा कुनै पनि संकट आएको छैन - अर्थमन्त्री जनार्दन शर्मा
पुँजीगत खर्च गर्न सकेन सरकार : पूर्व अर्थमन्त्री डा. रामशरण महत
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपालको आर्थिक बृद्धि सन्तोषजनक नै रहेको छ- महाप्रसाद अधिकारी
नेप्से परिसूचककाे उकालाे यात्रा आज पनि, ७५ अङ्कको वृद्धि
तनहुँमा विकास बजेटको खर्च कमजोर
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
