काठमाडौँ । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु महोत्सव वैशाख २६ गतेदेखि काठमाडौंमा आयोजना हुनेभएको छ ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यहि बैशाख २६ देखि ३० गते सम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा महोत्सवको आयोजना गरिएको जनाएको हो ।
‘‘खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महासंघका अध्यक्ष उमेशप्रसाद सिहले जानकारी दिए । महोत्सवमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी , बीटुसी , बीटुजी जस्ता अन्तरक्रिया, छलफल, र खाद्य महोत्सव आदि कार्यक्रम हुने उनले बताए ।
भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागीता रहने महोत्सवमा २ सय ५० वटा स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताए ।
सम्बन्धित समाचारहरु:
युवालाई कृषिमा आकर्षित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रीत अभियान सम्पन्न
स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्र- अध्यक्ष केपी शर्मा ओली
प्रधानमन्त्रीले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको कांग्रेसको आरोप
लघुवित्तको सेवा शुल्क घट्यो
आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेश हुनेछन् : सभामुख घिमिरे
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
