काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुने कार्यसूची छ ।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नागढुंगा सुरुङ मार्ग र नागढुंगा–मुग्लिङ सडक खण्डका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सुरु हुनेछ । बैठकमा सिंहदरबार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचारहरु:
एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार छु- अध्यक्ष केपी शर्मा ओली
अविरल वर्षापछि आएकाे लेदाेले अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्ला
स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेद्वारी दर्ता गराए
रुसी सेनाले चेरनोबिल नजिकै उच्च रेडियोधर्मी अफ-लिमिट क्षेत्रमा खाडल खने
भौतिक पूर्वाधार विकासमन्त्री बने एमालेका यादव
घरेलु महोत्सव वैशाख २६ गतेदेखि काठमाडौंमा हुने
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
