काठमाडौँ । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आएका छन् ।
आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकास्थित विदेश मन्त्रालयका अनुसार नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम छ ।
आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा छलफल हुने बताइएको छ।
नेपालको एक दिने भ्रमण सकाएर उनी शनिबार भारतका लागि प्रस्थान गर्ने बताइएको छ । उनी भारतमा अगस्ट २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक छैन -अध्यक्ष केप...
बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुन्छ -सभामुख अग्निप्रसाद सापकोटा
६ वटा संसदीय समितिका बैठक आज बस्दै
लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्छ -पूर्वप्रधानन्यायाधीश सुशीला क...
माटाको पाला बनाउन व्यस्त झापाका कुमाल समुदाय
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।



