जनकपुरधाम । जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश यदुराज शर्माको एकल इजलासले अध्यक्ष सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषामा थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रन्जन आवाले जानकारी दिए ।
प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको ‘फरेन्सिक’ परीक्षणका लागि पठाइएको र त्यो ‘रिपोर्ट’ आउन बाँकी रहेकाले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला सरकारी वकिलमार्फत उक्त अदालतमा मागसहित साेमबार उनलाई पेस गरेको थियो ।
प्रहरी अनुसन्धानमा रहेका आरोपित सिरोहियाको पक्षमा अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी तथा किशोर पौडेलले बहस गरेका थिए । उच्च रक्तचाप र मुटुमा समस्या भएपछि तीन दिनदेखि काव्या अस्पताल जनकपुरमा उनको उपचार भइरहको बताइएको छ ।
सम्बन्धित समाचारहरु:
दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने अध्यक्ष नेपालको विश्वास
निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउ...
यस वर्षको गौरा भदौ १० गते मनाइने
टरवाइनको परीक्षण अन्तिम चरणमा
शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको प्रधानमन्त्री ओलीको दाबी
चारवर्षमा पनि पुनःस्थापित भएनन् पहिरो पीडित
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts