अर्थ

आजको विदेशी मुद्रा विनिमय दर: डलर, युरो, पाउण्डलगायतको भाउ कति?

By अर्जुन भट्टराई

आजको विदेशी मुद्रा विनिमय दर: डलर, युरो, पाउण्डलगायतको भाउ कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ७२ पैसा र बिक्री दर १५४ रुपैयाँ ३२ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ५१ पैसा र बिक्री दर १७६ रुपैयाँ १९ पैसा रहेको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०५ रुपैयाँ ७८ पैसा र बिक्री दर २०६ रुपैयाँ ५९ पैसा छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १८९ रुपैयाँ ५६ पैसा र बिक्री दर १९० रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ३७ पैसा र बिक्री दर १०७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ३२ पैसा र बिक्री दर १०९ रुपैयाँ ७४ पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ९६ पैसा र बिक्री दर ११९ रुपैयाँ ४३ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४७ पैसा र बिक्री दर नौ रुपैयाँ ५० पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६९ पैसा र बिक्री दर २२ रुपैयाँ ७८ पैसा छ।

साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ९२ पैसा र बिक्री दर ४१ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिद दर ४२ रुपैयाँ १६ पैसा र बिक्री दर ४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

यस्तै, थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५७ पैसा र बिक्री दर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ८५ पैसा र बिक्री दर ४२ रुपैयाँ ०२ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ६९ पैसा र बिक्री दर ३७ रुपैयाँ ८४ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.