ठूला भनिएका दलहरुको कारण मुलुकमा बेरोजगार उत्पादन हुन थाल्यो – अध्यक्ष राजेन्द्र लिङ्देनले

सारांश :

अध्यक्ष राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न परितर्वन भएपनि ठूला दलहरुका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाएका हुन् । उनले देश असफल भए नेताहरुको केहि नबिग्रने तर युवाहरुको भविष्य बिग्रने धारणा राख्नुभयो । उहाले राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिवद्धता जनाएका छन् । राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सवै जनताले चलाएको अभियान भएको उनको भनाई छ ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!