यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु भएको छ ।
यसअघि कोरोनाका कारण दुई बर्ष हुन नसकेको परिक्षा यस बर्ष भौतिक रुपमा सञ्चालन गरिएको हो ।
परिक्षाका लागि देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी भएका छन् । नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ ले परीक्षा दिने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । यस पटक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ । प्रदेशलाई उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर पठाउने जिम्मेवारी बोर्डले दिएको छ ।