समाचार

यस वर्षको गौरा भदौ १० गते मनाइने

अर्जुन भट्टराई • August 20, 2024

अर्थ

साउनमा वीरगञ्ज भन्सारबाट १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन

पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११… Read More

समाचार

यसरी मनाइँदैछ गाईजात्रा (तस्बीरहरु)

काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा मङ्गलबार काठमाडौँको  बसन्तपुरमा  सहभागीहरु । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा… Read More

खेलकुद

अध्यक्ष दाहालद्वारा जापान जाने खेलाडीको बिदाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् । अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन् । त्यस अवसरमा… Read More

अर्थ

सुनकाे मूल्यमा आज सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ ।  साेमबारकाे तुलनामा आज सुन १ सयले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  १ लाख ५२ हजार २०० रुपैयाँ कायम छ । यसैगरी, आज चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेकाे छ… Read More

राजनिती

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

दाङ। लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री… Read More

समाचार

सामूहिक भक्तिगान गर्दै मनाइयो मिथिलामा झुला पर्व

महोत्तरी । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ  । १३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिकरूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एक प्रकारको कलात्मक पिङ)मा भुलाउनु… Read More

अर्थ

सोलुको थामेमा विद्युत् सेवा सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युतकाे व्यवस्था गर्न निर्देशन दिएका छन् । ऊर्जामन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी हिमताल फुटेर थामे खोलामा आएको बाढीको… Read More

राजनिती

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उनले… Read More

अन्तराष्ट्रिय

राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ

एजेन्सी । युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको बताएको छ । किएभमा आइतबार बिहानैदेखि हवाई आक्रमणको साइरन बजेको थियो । “प्रत्येक आक्रमणको बीचमा छ दिनको स्पष्ट अन्तरालमा अगस्टमै राजधानीमा यो तेस्रो ब्यालिस्टिक मिसाइल आक्रमण हो”, किएभ सहर सैन्य प्रशासनले बिहानैको बमबारीपछि टेलिग्राममा पोस्ट गरेको छ ।… Read More

जीवनशैली

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू  Lifestyle

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२… Read More