नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घट्यो

सारांश :

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ञ (नेप्से) परिसूचक आज १४ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ७३ प्रतिशतले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ अङ्कमा सीमित भएको छ ।     

विभिन्न तीन सय १२ कम्पनीका कूल ५४ लाख ७१ हजार ६८ कित्ता सेयर ३९ हजार चार सय ७६ पटक कारोबार हुँदा रु दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ दशमलव ५८ मा कारोबार भएका छन् ।

आजको कारोबारमा सबै उपसमूहको सूचकमा राताे देखिएको छ भने रुरु जलविद्युत् परियोजनाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै एसबीएल डिबेञ्चर २०८९को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने गुर्खाज फाइनान्सको नौ दशमलव ८६, सिभिल बैंक डिबेञ्चर २०८८ को आठ दशमलव १९ र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य पाँच दशमलव ०२ प्रतिशतले बढेको छ ।
 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!