अर्थ

बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको छ -अर्थमन्त्री जनार्दन शर्मा

By अर्जुन भट्टराई

अर्थमन्त्री जनार्दन शर्माले बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वित्तीय सुशासनका लागि लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरुको भूमिका सहि हुन नसक्ने त्यसले धेरै फरक पार्ने बताए । उहाले नियामकीय संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको धारणा राखेका छन् ।

अर्थमन्त्री शर्माले टुल्स प्रयोग गर्दा व्यक्तिगत स्वार्थ राख्यो भने त्यसले राष्ट्रिय रूपमा ठूलो समस्या ल्याउने देखिएको जिकिर गरे । उनले अडिट भनिरहँदा हिसाबकिताब मात्र नभई देशको बिभिन्न क्षेत्रको अडिट गर्नुपर्ने बताएका छन् । उत्पादनको र कृषि जमिन, श्रम , देशको बहुआयामिक गरिबी लगाएतको पनि अडिट गर्नुपर्ने उनको भनाइ छ । उनले आजको दिनमा अर्थ क्षेत्रमा देखिएको समस्याको जिम्मेवार आफु भएपनि हिजो दिनमा भएका गलत अडिटको पनि खोजी गर्ने स्पष्ट परेका छन् ।

उनले नेपालमा उत्पादनको क्षेत्र धेरै पनि तीन खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्थाको पनि परिक्षण गर्नुपर्ने धारणा राखे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.