Uncategorized

बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन महिला सांसदहरूकाे माग

By अर्जुन भट्टराई

बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हदम्यादको कानूनी संशोधन गर्नुपर्ने भन्दै समृद्धि फाउण्डेशन नेपालले महिला आयोगलाई ध्यानाकर्षण गराएको छ ।

सोमबार आयोगमा धर्ना दिदै फाउण्डेशनले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न अपराधिलाई कारवाही गर्न हदम्याद हटाउनुपर्ने भन्दै आयोगमा ध्यानाकर्षण पत्र बुझाएको हो । उनीहरुले अपराधीलाई कडाभन्दा कडा सजाय दिन नसक्नु, कानूनको कार्यान्वयन फितलो हुनु जस्ता कुराहरु चिन्ताको बिषय भएको भन्दै यस्ता बिषयमा आयोगले अहम भूमिका निभाउनुपर्ने जनाएका छन् । फाउण्डेशनले बलात्कार सम्बन्धी फितलो कानूनलाई तत्काल संशोधन गर्न, पिडितलाई न्याय दिलाउन समेत आयोगको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्र बुझ्दै आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले हदम्यादको कानूनी संशोधनका बिषयमा आयोगले सरकारसंग छलफल गर्ने आश्वासन दिईन् ।

एक युवतीले सामाजिक सञ्जालमार्फत आठ बर्ष अघि आफुलाई बलात्कार तथा यौनशोषण गरेको खुलासा गरेकी थिइन् । त्यसपछि अधिकारकर्मीले हदम्यादको कानूनी व्यवस्थाका कारण दोषीले उन्मुक्ति पाउन नहुने भन्दै निरन्तर विरोध गर्दै आएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.