निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि छु – नेता वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मे दिवसका अवसरमा पार्टी निकट अखिल नेपाल टे«ड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने बिषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताए ।उनले कुनै स्थानमा रातीसम्म पनि उम्मेद्वारी फिर्ता लिन दिएको र कुनै स्थानमा पाँच बजेपछि उम्मेद्वारी फिर्ता लिन आयोगले नदिएको गुनासो गरेका छन् ।

उनले देशभरका निर्वाचन कार्यालयहरु निष्पक्ष र व्यवसायीक रुपमा सञ्चालन हुनुपर्ने बताए । कार्यक्रममा पुनले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पछिल्लो समय केपी ओलीको बोली बोलेको आरोप लगाएका छन् । थपलियाको मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र केपी ओलीको बोली समान रहेको भन्दै उहाले आपत्ती जनाए । निर्वाचन आयोग रेफ्रीको भूमिकामा रहेको भन्दै पुनले रेफ्री आफैं मैदानमा ओर्लेर खेल खेल्न नहुने तर्क गरे । त्यस्तै उहाले स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको र यसले देशलाई निकास दिने धारणा राख्नुभयो । एमाले भने कम्युनिस्ट विरोधी, दक्षिणपन्थी अतिवादीसँग तालमेल गरेको उनको भनाई छ ।

नेता पुनले अबको निर्वाचनमा एमाले पराजित हुनु भनेको संविधान र लोकतन्त्रको रक्षा हुनु रहेको तर्क गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *