समाचार

लोकतान्त्रीक संस्कृतिलाई बुझ्नका लागि मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई महामन्त्री विश्वप्रकाश शर्माको सुझाव

By अर्जुन भट्टराई

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रीक संस्कृतिलाई बुझ्नका लागि मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा चूनावी गीत तथा प्रचारप्रसार सामाग्री सार्वजनिक कार्यक्रममा शर्माले अराजनीतिक ढंगले ओलीले कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति टिप्पणी गरेको भन्दै मदन भण्डारीबाट केहि सिक्न सुझाव दिएका हुन् । मुखमा बहुदलिय जनवाद र बगलीमा स्टालीनबाद बोकेर देशको समृद्धि हासिल गर्न नसक्ने उनले बताए । शर्माले निर्वाचनमा सवै दलले लोकतान्त्रीक संस्कृति देखाउनुपर्ने धारणा राख्नुभयो । शर्माले प्रचार अभियानलाई आवेगका साथ नभइ संयमका साथ अघि बढाउन आग्रह गरेका छन् ।

शर्माले कांग्रेसले सक्ने काम मात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै घोषणापत्रलाई जनतामाझ लैजान निर्देशन दिएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.