खेलकुद

भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित

By अर्जुन भट्टराई

विभागीय टोली एपीएफ क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर एपीएफले पहिलो जित निकालेको हो । एपीएफले आर्मीमाथि २७–२५, १३–२५,२५–२१ र २५–२३ को सेटमा जित निकालेको हो । यस अघि मंगलबार नै एभरेस्ट भलिबल क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्यो एभरेस्टले न्यु डायमण्डमाथि २७–२५,१३–२५,२०–२५,२५–२१ र १५–१३ को संघर्षपूर्ण सेटमा जित निकालेको हो । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.