समाचार

नेपालगन्जको मतदातामा उत्साह

By अर्जुन भट्टराई

स्थानीय तह निर्वाचनमा मत खसाल्नका लागि मतदातामा उत्साह देखिएको छ ।

नेपालगन्जमा मतदान सुरु हुनुअघि नै मतदाता मतदान स्थलहरुमा लामबद्ध देखिएका छन् । नेपालगन्ज १२ को नगरपालिका भवन मतदान केन्द्र लगाएत नेपालगन्ज उपमहानगरपालिका ४ को कन्या मावि र नेपालगन्ज ११ को नारायण मावी मतदान स्थलमा बिहानै देखि भिड देखिएको छ । नेपालगन्जका सडकमा बिहानै देखि मतदाताहरु आ–आफ्नो मतदान स्थल तर्फ जादै गरेको दृश्य देखिएका छन् । गय राती बाँकेको केही स्थानमा झडप वा केही अप्रीय घटना घटे पनि मतदान सुरु भए संगै मतदातामा उत्साह देखिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.