समाचार

निर्वाचन आयोगद्वारा बिभिन्न कार्यालयबाट मतदाता परिचयपत्र वितरण

By अर्जुन भट्टराई

निर्वाचन आयोगले बिभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण गरेको छ ।

निर्वाचन आयोगले बिहीबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । यसका साथै मतदाता परिचय पत्र बितरण गरेको स्थानमा मतदाता शिक्षा पनि दिइएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको हो ।

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु पर्ने आयोगले जनाएको छ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ । स्थानीय तहको निर्वाचन बैंशाख ३० गते देशभर हुँदैछ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.