समाचार

बिजुली बिक्री गर्न बजार खोज्दै प्राधिकरण

By अर्जुन भट्टराई

नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि यो साता नेपाल विद्युत् प्राधिकरणले टेण्डर आह्वान गरेको छ। प्राधिकरणले वर्षायाममा नेपालले खपत गरी बाँकी रहने विद्युत् मध्येबाट २०० मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न भारतीय कम्पनीहरूसँग टेण्डरमार्फत प्रस्ताव माग गरेको हो। प्राधिकरणले उल्लिखित परिमाणको बिजुली आगामी पाँच महिना अर्थात् असार १७ देखि कात्तिक २९ गते , १ जुलाईदेखि २९ नोभेम्बर २०२२ सम्म बिक्री गर्ने जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत् खरिद गर्ने प्रतिस्पर्धामा भाग लिन पाउने जनाएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लाग अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत् खरिद गर्ने प्रतिस्पर्धामा भाग लिन पाउने जनाएका छन्।

प्राधिकरणका अनुसार नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरूले जेठ १३ गते मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन्। प्रस्ताव पेश गर्ने कम्पनीहरूले कम्तिमा ५० र बढीमा २०० मेगावाटसम्म खरिद गर्ने प्रस्ताव प्रस्तुत गर्न सक्नेछन्। प्राधिकरणलाई प्राप्त प्रस्ताव सोही दिन अपराह्न १ बजे खोलिने छ। बोलपत्रको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईदेखि छनौट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइने भएको छ।

कम्पनीहरूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ (नेरु ४८ हजार) प्रतिमहिना ‘अर्नेस्ट मनि डिपोजिट’ धरौटी राख्नुपर्छ।

भारतले नेपालका ६ वटा विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानेर भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। यो नेपालले बिक्री गर्न लागेको यो विद्युत् ढल्केबर–मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यात हुनेछ। निर्यात गर्न लागिएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका कालीगण्डकी– ए, देवीघाट, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, त्रिशुली र निजी क्षेत्रको ग्रिन भेञ्चर्स लिमिटेडको लिखु –४ बाट उत्पादन हुने ३६४ मेगवाट मध्येको हो। नेपालले ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने स्वीकृति पाए पनि अहिले २०० मेगवाटका लागि मात्र टेण्डर आह्वान गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.