समाचार

चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन

By अर्जुन भट्टराई

संघीय संसदको संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

दुई जनामा उजुरी नपरेका कारण सुनुवाई गर्दै अनुमोदन गरिएको उहाले बताउनुभयो । उनीहरुसँगै सिफारिस भएका अन्यको भने बुधबार सुनुवाइ हुने समिति सभापति कर्णले जानकारी दिनुभयो । बाँकी रहेका एक जनामा गम्भीर प्रकृतिको उजुरी परेको उनले बताए ।

बैठकले समितिमा परेका उजुरी सन्दर्भमा अध्ययन गर्न तीन जनाको कार्यदल गठन गरिएको र दुई दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको सभापति कर्णले जानकारी दिनुभयो । समितिको बैठक बुधबार बिहान पुन बोलाइएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.