समाचार

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागि सम्पूर्ण तयारी पूरा

By अर्जुन भट्टराई

निर्वाचन पर्यवेक्षण समिति नेपाल (ई.ओ.सि.नेपाल) ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ। यसको लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर समितिले स्थानीय तहको निर्वाचनको लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालनसमेत गरिसकेको जनाएको हो । ई.ओ.सि. नेपालका अध्यक्ष प्रदीप पोखरेलले २०७० सालमा संस्था स्थापना भएको उल्लेख गर्दै संविधानसभाको निर्वाचन र त्यसपछि भएका निर्वाचनमा पनि आफ्नो संस्थाले पर्यवेक्षणको भूमिका खेलेको बताए । उनले ७७ जिल्लामध्ये ४० जिल्लामा लामो समयका पर्यवेक्षक पठाईसकेको जानकारी दिए । निर्वाचनमा सबै पर्यवेक्षण संस्थाका गरेर २० हजार पर्यवेक्षकहरु खटिने अनुमान रहेको उनले बताएका छन् ।

निर्वाचनको क्रममा ईओसि नेपालले विभिन्न क्षेत्र र विषयगत रुपमा आफ्नो ध्यान केन्द्रित गर्ने पनि जनाएको छ । ईओसि नेपालले निर्वाचनको क्रममा निर्वाचनमा उमेद्वारी चयनदेखि मत परिणामको घोषणासम्मका प्रकृया र गतिविधिहरु नियाल्ने जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.