अर्थ

प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी

By अर्जुन भट्टराई

प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी

काठमाडौं, नेपाल – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार देशमा केही भएन भनेर भ्रम छर्ने कुरा एउटा फेसन जस्तो भएको टिप्पणी गरेका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले “अहिले के भयो र? के भएको छ र?” जस्ता भाष्यहरू बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए।

“अहिले एउटा फेसन जस्तो के भयो र? के भएको छ र? यो प्रजातन्त्रले के ल्यायो र? के दियो र भन्छन्। त्यो के दियो? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो,” उपप्रधानमन्त्री सिंहले भने। उनले प्राप्त भएको अधिकारलाई अब सुरक्षित राख्ने जिम्मेवारी सबैको काँधमा रहेको पनि बताए। “संघर्ष गरेर अधिकार आयो। अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ,” उनले थपे।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे। संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको उनले बताए। नकारात्मक कुरालाई मात्र प्रचार गर्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाए।

“अहिलेको समय खाली नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेन्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने। प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ। लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ,” उनले भने।

काठमाडौं, नेपाल – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार देशमा केही भएन भनेर भ्रम छर्ने कुरा एउटा फेसन जस्तो भएको टिप्पणी गरेका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले “अहिले के भयो र? के भएको छ र?” जस्ता भाष्यहरू बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए।

“अहिले एउटा फेसन जस्तो के भयो र? के भएको छ र? यो प्रजातन्त्रले के ल्यायो र? के दियो र भन्छन्। त्यो के दियो? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो,” उपप्रधानमन्त्री सिंहले भने। उनले प्राप्त भएको अधिकारलाई अब सुरक्षित राख्ने जिम्मेवारी सबैको काँधमा रहेको पनि बताए। “संघर्ष गरेर अधिकार आयो। अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ,” उनले थपे।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे। संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको उनले बताए। नकारात्मक कुरालाई मात्र प्रचार गर्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाए।

काठमाडौं, नेपाल – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार देशमा केही भएन भनेर भ्रम छर्ने कुरा एउटा फेसन जस्तो भएको टिप्पणी गरेका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले “अहिले के भयो र? के भएको छ र?” जस्ता भाष्यहरू बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए।

“अहिले एउटा फेसन जस्तो के भयो र? के भएको छ र? यो प्रजातन्त्रले के ल्यायो र? के दियो र भन्छन्। त्यो के दियो? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो,” उपप्रधानमन्त्री सिंहले भने। उनले प्राप्त भएको अधिकारलाई अब सुरक्षित राख्ने जिम्मेवारी सबैको काँधमा रहेको पनि बताए। “संघर्ष गरेर अधिकार आयो। अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ,” उनले थपे।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे। संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको उनले बताए। नकारात्मक कुरालाई मात्र प्रचार गर्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाए।

“अहिलेको समय खाली नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेन्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने। प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ। लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ,” उनले भने।”अहिलेको समय खाली नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेन्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने। प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ। लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ,” उनले भने।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.