पार्टीको निर्णय बिपरित कांग्रेसले चूनावी तालमेललाई अघि बढायो – नेता डा शेखर कोइराला

सारांश :

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको निर्णय बिपरित कांग्रेसले चूनावी तालमेललाई अघि बढाएको टिप्पणी गर्नुभएको छ ।

नेविसंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोईरालाले केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताएका हुन । उनले कम्युनिष्टसंग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले कांग्रेसका उम्मेदवार जिताउन सबै लाग्नुपर्ने धारणा राखे । नेता कोइरालाले कांग्रेस मुलुकको बलियो पार्टी भएको भन्दै गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने स्पष्ट परेका छन् ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने र कांग्रेस बनाउनुपर्ने बताए । उनले चूनावमा हुने पदको बार्गेनिङसंग कांग्रेस डराउन नहुने तर्क पनि गरेका छन् ।

चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने कांग्रेसको निर्णय भएपनि अहिले त्यस्तो हुन नसकेको उनले बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!