बालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले गर्यो सार्वजनिक

सारांश :

उदयपुर- उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बुद्धचोकमा भएको वालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घरभई जिल्ला उदयपुर बेलका न.पा. ३ बस्ने बिनोद ढकाल र बेलका न.पा. ३ की १७ की नाबालिकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो । जिल्लाप्रहरी कार्यालय उदयपुुरले बुधबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्नलाई सार्वजनिक गर्नुको साथै बालिकाको हत्याभएको सूचना पाएको दुई घण्टा भित्र हत्यामा संलग्नहरुलाई पक्राउ गर्न उदयपुर प्रहरी सफल भएको जनाएको छ । सार्वजनिक गरिएका आरोपी ढकाललाई ७ दिन र नाबालिकालाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शुवासचन्द्र बोहोराले जानकारी दिएका छन् ।

सुनुवारलाई ढकाल र नाबालिकाले योजनाबद्ध ढंगले बियरको बोतल र ढुंङ्गाले किचेर हत्या गरेको खुल्न आएको छ । विद्यालयमा भएको समान्य झगडाको रिसिईवीको कारणले आरोपी नाबालिकाले नाताले दाजु पर्ने ढकालको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ । यस्तै उदयपुरका राजनीति एवम बिभिन्न संघ संस्था तथा अधिकारकर्मीहरुले कविता सुनुवार हत्याको सत्य तथ्य छानविन गरि हत्यारालाई हदै सम्मको कावाही गर्न माग गरेका छन ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1

Author

>
Share This

Share This

Share this post with your friends!