आगामी आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्व ४६ करोड बिनियोजन

सारांश :

सरकारले आगामी आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्व ४६ करोड बिनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेश गर्दै उक्त रकम छुट्टाइएको जानकारी दिनुभएको हो ।उनले खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । मूलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा रात्रीकालीन खेल खेल्न मिल्ने बनाइने उनले बताएका छन् । त्यस्तै उहाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीको बिमा गरिने जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए ।

उनले बिद्यालयतहबाटै खेलको बिकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने जानकारी गराए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!