
सेतो मच्छिन्द्रनाथको रथजात्रा शनिबारबाट सुरु भएको छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याएको छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्याएको हो ।
मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । शनिबारबाट सुरु भएको रथजात्रा ३ दिनमा सम्पन्न हुन्छ । तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ ।
सम्बन्धित समाचारहरु:
सत्तारुढ गठबन्धनले अन्य दलहरुसंग भएको चूनावी तालमेल तत्काल खारेज गर्ने
आज बिस्केट जात्राको अन्तिम दिन
शुक्रबारबाट राष्ट्रिय ललितकला प्रदर्शनी सुरु
जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय
काठमाडौँलाई कस्तो नबनाउने भनेर छलफल गर्नु सान्दर्भिक देखिएको छ
अजय देवगनकी छोरी न्यासा देवगन को तस्बिर वइरल