अन्तराष्ट्रिय

हङ्गेरीद्वारा गाजा सङ्कटको वृद्धि रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान

By अर्जुन भट्टराई

एजेन्सी ।  हङ्गेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले आफ्ना इजरायली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा सङ्कटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

“मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण गर्दछ र यदि मध्यपूर्वमा द्वन्द्व वा सुरक्षा सङ्कट छ भने यसले सधैँ विश्वव्यापी सुरक्षाको लागि खतरा खडा गर्छ । वर्तमान गाजा सङ्कट सजिलै गम्भीर विश्वव्यापी सुरक्षा खतरा बन्न सक्छ”, उनले भने ।

उनले यो द्वन्द्वमा अर्को देश संलग्न भएमा अर्को देशको सिमानाभन्दा बाहिर पनि चर्को युद्धमा परिणत हुन सक्ने बताए । इजरायलले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायली सहरहरूमा हमासले गरेको अकस्मात आक्रमणको बदलास्वरूप गाजा–शासक हमासविरुद्ध ठूलो आक्रमण सुरु गरेको छ । यसमा करिब एक हजार दुई सय इजरायलीहरू मारिएका र दुई सयभन्दा बढीलाई बन्धक बनाएका थिए ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार आठ महिना लामो इजरायली आक्रमणमा ३७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका र ८५ हजार घाइते भएका बताएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.