अर्थ

सुनचाँदीको मूल्य घट्यो

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेकाे छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.