अर्थ

सुनको मूल्य स्थिर

By अर्जुन भट्टराई

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार जस्तै आज पनि छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपियाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.