अर्थ

सुनको मूल्य बढ्याे

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतिताेला तीन सय रुपैयाँले बढेकाे छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो ।  

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.