अर्थ

सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

बुधबार छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

यस्तै चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेकाे छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.