अर्थ

सुनको मूल्य तोलामा नाै सय रुपैयाँले बढ्याे

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतिताेला नाै सय रुपैयाँले बढेकाे छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

गत आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० र साेमबार  १ लाख ४६ हजार ९००  रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने केही घटेकाे छ । अघिल्लो दिन तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.