राजनिती

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा बैठक

By अर्जुन भट्टराई

काठमाडौँ । सङ्घीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष बैठक सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको हो ।

उक्त बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन् । सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका छन् ।

संसद सचिवालयका कर्मचारीहरु भत्ता पाउनुपर्ने भन्दै केहिदिनदेखि  आन्दोलनमा उत्रिएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.