काठमाडौँ । आज २०८१ साल जेठ ३२ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलर र कतारी रियालको विनिमयदर स्थिर हुँदा युरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३४ पैसा र बिक्री दर १७१ रुपैयाँ १४ पैसा रहेको छ। यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
