अर्थ

यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौं । आज २०८१ साल साउन २२ गते मंगलबार । सन् २०२४ अगष्ट ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

मंगलबार अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर भने घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ५६ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६२ पैसा र बिक्री दर १७१ रुपैयाँ ३९ पैसा पुगेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.