अर्थ

यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । आज २०८१ साल असार २६ गते बुधबार सन् २०२४ जुलाई १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर, युरो र बेलायती पाउण्डको मूल्य घटेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्रीदर भने घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ १७ पैसा र बिक्री दर १४४ रुपैयाँ ८२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.