अर्थ

यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । आज २०८१ साल असार १२ गते बुधबार सन् २०२४ जुन २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बुधबार अमेरिकी डलर, युरो र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने बेलायती पाउण्डको विनिमयदर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ शून्य पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.