अर्थ

यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । आज २०८१ साल जेठ २४ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बुधबार बढेको अमेरिकी डलर , युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार सामान्य अंकले घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ शून्य पैसा र बिक्री दर १७० रुपैयाँ ७६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.