समाचार

मौद्रिक नीति निकै सन्तुलित रूपमा आएको छ : अध्यक्ष यादव

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रीक नीति निकै सन्तुलित रुपमा आएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय बैंकले मौद्रीक नीति सार्वजनिक गरेपछि संचारकर्मीसंग कुरा गर्दै यादवले मौद्रीक नीतिका कारण कर्जाको विस्तार हुने देखिएको बताएका हुन् । उनले लघुवित्तलाई सहजीकरण गर्ने गरि मौद्रीक नीति आएको भन्दै स्वागतयोग्य रहेको धारणा राखे ।

शाखाको मर्जरलाई समेत प्राथमिकता दिनेगरी आएको र ग्राहकको पक्षमा पनि प्रभावकारी बनाउने गरि नीति आएको उनको भनाइ छ ।

व्याजदर र सेवा शुल्कलाई पुनरावलोकन गरि व्यवस्थीत बनाउने कुरा पनि निकै राम्रो रहेको उहाले बताए । उनले समस्यामा परेका ग्राहकहरुलाई बिशेष सम्बोधन गर्ने नीतिले लघुवित्त क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.